कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ ।

नेपालले पावर प्लेमा एक विकेटको क्षतिमा ५६ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए ।

 पहिले विकेट १८ रनमा गुमाएको नेपालको पारी अहिले आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन् । पहिलो छ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रनमा बनाएर खेलिरहेका छन् । 

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : १० बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन