जापानको हरितगृह ग्यास उत्सर्जन कम « Khabarhub

जापानको हरितगृह ग्यास उत्सर्जन कम


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्यांकले देखाएको छ । यहाँको कार्बनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।   

पर्यावरण मन्त्रालयले सन् १९९० मा यससम्बन्धी तथ्यांक संकलन सुरू गरिएदेखि मार्च सन् २०२३ सम्मको एक वर्षको अवधिमा पहिलो पटक उत्सर्जनमा न्यूनता देखिएको हो । आर्थिक वर्ष २०२१ को तुलनामा यो उत्सर्जन मात्रा २.५ प्रतिशत वा २८ं.६ मिलियन टनले घटेको तथ्यांकमा उल्लेख छ । 

मन्त्रालयले कोभिड–१९ महामारीका कारण संकटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको हो ।

व्यावसायिक र अन्य व्यापारिक प्रतिष्ठानहरूमा उत्सर्जनमा ४.७ प्रतिशतको गिरावटसँगै १७९ मिलियन टनमा झरेको र गत वर्षको तुलनामा उच्च तापक्रमबीचमा कम मागको कारण घरपरिवारबाट हुने उत्सर्जनमा १.४ प्रतिशतले कमी आई १५८ मिलियन टनमा झरेको देखिएको छ । 

यसैबीच, सवारी साधनलगायत यातायात क्षेत्रको उत्सर्जन ३.९ प्रतिशतले बढेर १९२ मिलियन टन पुगेको छ ।

आर्थिक वर्ष सन् २०३० सम्म जापान सरकारले सन् २०१३ को स्तरबाट ४६ प्रतिशतले उत्सर्जन घटाउने र सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।

मन्त्रालयले सन् २०२२ मा सन् २०१३ को तुलनामा हरित गृह उत्सर्जनमा २२.९ प्रतिशतले कमी आएको जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : २८ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा