ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, गृहमन्त्रीद्वारा अवलोकन (फोटोफिचर) « Khabarhub

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, गृहमन्त्रीद्वारा अवलोकन (फोटोफिचर)


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आज देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।शनिबार साँझ ठमेल पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको घोषणा गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले उक्त घोषण गरेका हुन् । त्यसक्रममा लामिछानेले ठमेलमा सञ्चालन भइरहेको रात्रिकालिन व्यवसायको समेत अवलोकन गरेका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि ठमेल क्षेत्रलाई आज नयाँ वर्षदेखि २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए ।
उनले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ९ : २१ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक