इजरायलमाथि इरानको दर्जनौँ ड्रोन र मिसाइल आक्रमण « Khabarhub

इजरायलमाथि इरानको दर्जनौँ ड्रोन र मिसाइल आक्रमण


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरानी सेनाले इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । आक्रमणमा मानवीय क्षति नभए पनि इजरायलका केही आवासीय भवनहरु ध्वस्त भएका छन् ।

इजरायली सेनाले तेहरानले इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकाेमा धेरैजसोलाई निस्तेज पारिएको जनाएकाे छ ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कुनै पनि आक्रमणको डटेर सामना गर्ने भन्दै आफना सेनालाई हमास र इरानसँग एकसाथ आक्रमण गर्न निदेर्शन दिएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाएका छन्। उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेको बताइएको छ ।

इजरायलले गत अप्रिल १ मा सिरियामा गरेको आक्रमणको बदला स्वरुप इरानले इजरायलमा आक्रमण गरेको हो । इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरायली अपराध’को जवाफ भएको बताएको छ ।

जसमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरिएको छ ।

सिरियामा इजरायली आक्रमणमा २ जना जनरल, सात रिभोलुसनरी गार्ड, ६ जना सिरियाली नागरिक गरी १५ जना मारिएपछि इजरायल र हमास युद्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको इरानले आक्रमण गरेको हो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेर्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ४१ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने