सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ? « Khabarhub

सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?



काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारमा एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका नेता कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षीय नेता लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कसलाई मान्यता दिने भन्ने विषय उठेको छ ।

लक्ष्मण किशोरलाई नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

यता कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रको साथ छ । अंकगणितीय रूपमा लक्ष्मणकिशोर बलियो देखिन्छन् ।

५३ सिट रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस पहिलो दल हो । उसको प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट छ । १९ सिट रहेको कांग्रेसको  लक्ष्मणकिशोर पक्षमा शाहीले १८ संसदले भोट दिने देखिन्छ ।

यस्तै उनलाई नाउपा रेशम पक्षका ३ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको देखिन्छ । कैलाशको पक्षमा  माओवादी केन्द्र ११, एमाले ८,  र नाउपाका २ सांसद कैलाशको पक्षमा छन् । कैलाशले सत्तारुढ गठबन्धनबाट २१ मत पाउने छन् ।

सुदूरपश्चिम राप्रपाले समानुपातिकमा एक सिट जितेको छ । उसले पनि रेशम पक्षका नेता लक्ष्मणकिशोरको पक्षमा मतदान गर्ने देखिएको छ । उनको पक्षमा २६ सांसदले मतदान गर्ने देखिन्छ ।

प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन ।  सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन् ।

तर सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले कसलाई मान्यता दिन्छन, त्यो हेर्न बाँकी छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश समेत जारी गरेको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो । उनी पदमुक्त भएको सूचना चैत २६ गते टाँसिएको थियो ।

अहिले पार्टी अध्यक्ष श्रेष्ठ प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिमको पुगेकी छन् । रेशम भने त्यहाँ देखिएका छैनन् ।

केन्द्रीयको गठबन्धनमा भएपनि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई सहयोग गरेपछि सत्ता गठबन्धनमा हलचल सुरु भएको छ ।

तर यसबारे नेकपा समाजवादीले भने मुख खोलेको छैन । समाजवादीले प्रदेश सरकार स्वतन्त्र हुनुपर्ने मत जायर गरेको एक नेताको भनाइ छ ।

याे पनि…

रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : ३१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद