नेपालले ओमानमा खेल्ने पक्का, पहिलो प्रतिद्वन्दी हङकङ « Khabarhub

नेपालले ओमानमा खेल्ने पक्का, पहिलो प्रतिद्वन्दी हङकङ


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा टि–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पक्का भएको छ ।

शुक्रबार ओमान क्रिकेट संघले खेल तालिका सार्वजनिक गरेसँगै नेपाली टोलीले खेल्ने पक्का भएको हो । खेल अक्टोबर ५ देखि १० सम्म ओमानमा चल्लनेछ । उक्त प्रतियोगितामा नेपालसहित हङकङ, नेदरल्यान्डस्, आयरल्यान्ड र घरेलु टोली ओमान रहेका छन् ।

प्रतियोगितामा नेपाली टोलीले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ भने दोस्रो खेल नेदरल्याण्ड्ससँग अक्टोबर ७ मा खेल्नेछ ।

यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले अक्टोबर ९ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली ओमानसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ६ : ३० बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी