सुप्रिम सहकारी ठगी प्रकरण : जीबी र दीपेशसहित २८ जना प्रतिवादी « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण : जीबी र दीपेशसहित २८ जना प्रतिवादी


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी बारे प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले अनुन्धानको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको हो ।

प्रतिवेदनमा प्रहरीले सहकारीका संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ भने १ अर्ब २ करोड मागदाबी लिनुपर्ने राय प्रतिवेदनमा समावेश गरिएको छ ।

राईसहित अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङलाई प्रतिवादी बनाउनु पर्ने प्रहरीको राय छ ।

साथै प्रहरीले सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धीरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारी, भुपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी पनि प्रतिवादी बनाउनु पर्ने राय प्रतिवेदनमा समावेश गरेको छ ।

यीमध्ये अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईं पाण्डेय र पूर्वकोषाध्यक्ष दीपेश पुन पक्राउ परेका छन्। भने जीबीसहित अन्य फरार छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : ४६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा