आइपिएलमा लखनउविरुद्ध कोलकोताको सहज जित « Khabarhub

आइपिएलमा लखनउविरुद्ध कोलकोताको सहज जित


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले लखनउलाई ८ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १६२ रनको लक्ष्य पछाएको कोलकोताले १५.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताका लागि फिल साल्टले अविजित ८९ र कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यो जारी आइपिएलमा कोलकोताको पाँचौं खेलमा चौथो जित हो । यो जितपछि कोलकोताको ८ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी लखनउको भने यो तेस्रो हार हो । ६ खेलमा ३ जित र ३ हार बेहोरेको लखनउको ६ अंक रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ९ : ०८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु