नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै « Khabarhub

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’  हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो ।

दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण रुपमा सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुवाती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ५४ बजे

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

भद्रपुर– झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो

हसिनाले भनिन्- जेल जानुपरे पनि यही वर्षभित्र स्वदेश फर्किन्छु

नयाँदिल्ली– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने,

माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाइँदै (तस्बिरहरू)

काठमाडौं– माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।