गैँडाको आक्रमणबाट एक युवक घाइते « Khabarhub

गैँडाको आक्रमणबाट एक युवक घाइते


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।

मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए ।

आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ०५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी