काठमाडौं महानगरका पर्खाल रङ्ग्याइँदै (तस्बिरहरु) « Khabarhub

काठमाडौं महानगरका पर्खाल रङ्ग्याइँदै (तस्बिरहरु)



काठमाडौं–काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सार्वजनिक पर्खाल रङ्ग्याउन शुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र लेखन थालिएको हो।

अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ। यसपछि त्रिपुरेश्वर रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय बिमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरु चित्र कोरिने महानगरले जनाएको छ ।

 यस्तै रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन्।

मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदा हुने पनि महानगरले जनाएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ३४ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण