बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु « Khabarhub

बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको बेनी अस्पतालमा नसा तथा हाडजोर्नीका बिरामीका लागि अर्थोपेडिक (हाडजोर्नी शल्यचिकित्सा) सेवा सुरु भएको छ । अर्थोका कन्सल्टेन्ट डा प्रतिक आचार्य अस्पतालमा आएपछि गत शुक्रबारदेखि अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको हो ।

विशेषज्ञ सेवा सुरु भएपछि हाडजोर्नी तथा नसा रोगका बिरामी अब सामान्य उपचारका लागि काठमाण्डौँ, पोखरा, नेपालगञ्जलगायत सहरमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

बेनी अस्पतालमा गत शुक्रबारदेखि नियमित सेवामा रहनुभएका डा आचार्यले यसअघि बागलुङ अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रियामा सफलता प्राप्त भएको डा आचार्यले बेनी अस्पतालमा पनि जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण अस्पताल व्यवस्थापन समितिमार्फत व्यवस्थापन गरिने बताए ।

बेनीमा वैशाख २ गते आइतबारदेखि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै शारिरीकरुपमा असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेलगायत रोगको उपचारमा सहज हुने समितिका अध्यक्ष सुवेदीले बताए ।

उgका अनुसार अस्पतालमा अन्तरङ्ग र बहिरङ्ग विभागका अतिरिक्त शल्यक्रियामार्फत प्रसूति सेवा, एपेन्डिसाइटिस, हर्नियाको उपचार, दन्त सेवा, आँखा उपचार सेवा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकाली सेवा केन्द्र र डायलाइसिस सेवा उपलब्ध छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ०५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित