सुर्खेतमा प्यान लिनेको घुइँचो « Khabarhub

सुर्खेतमा प्यान लिनेको घुइँचो


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आन्तरिक राजश्व कार्यालय सुर्खेतमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ ।

सरकारले यही जेठ १५ गतेदेखि व्यवसाय, रोजगारी वा अन्य कुनै आयआर्जनमा जोडिएका प्रत्येक व्यक्ति, फर्म वा संस्थालाई प्यान अनिवार्य गरेपछि राजश्व कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लुमा पन्थीले सुर्खेत प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको सङ्ख्या अत्यधिक रहेको बताए । उनका अनुसार दुई महीनाको अवधिमा कार्यालयबाट नौ हजार ५ सय जनाले प्यान लिएका छन् । दैनिक ५ सय बढी सेवाग्राही व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय आउने उनको भनाइ थियो ।

प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी सङ्केत नम्बर हो । कार्यालयले प्यानका साथै भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि वृद्धि भएको जनाएको छ ।

कर अधिकृत पन्थीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप रहे पनि कर्मचारीको सङ्ख्या भने निकै कम रहेको बताए । कूल २२ कर्मचारीको दरबन्दी भएको कार्यालयमा हाल सात जना कार्यरत छन् । सरकारले यस वर्षदेखि व्यवसाय वा आयआर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले प्यान लिनुपर्ने कानुनी प्रावधानलाई कडाइ गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : ३० बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा