शिक्षा मन्त्रालयद्वारा कर्मचारी सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा | Khabarhub Khabarhub

शिक्षा मन्त्रालयद्वारा कर्मचारी सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवं अनुगमनयोग्य रुपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन सो मापदण्ड ल्याइएको हो ।

गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत सो मापदण्डलाई मन्त्रालयको वेबसाइतमार्फत सार्वजनिक पनि गरिएको छ ।

माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ३० बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’