किन मनाइन्छ चैते दसैँ ? « Khabarhub

किन मनाइन्छ चैते दसैँ ?


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

आज चैते दसैँ । यस वर्ष तीन वटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाडका रूपमा मानिन्छ । पहिलेपहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो भनेर पुराना कथनहरूमा सुन्न सकिन्छ । यो समयमा खडेरी पर्ने, मौसम बदली साथै दसैँको खानेकुरा अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भनेर मनाउने चलन छ । नेपालका सुदूरपश्चिम भेगमा पनि मुख्य चाडकै रूपमा मनाउने गरिन्छ ।चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भनेर मान्ने चलन छ ।

देवी शक्तिको दानवीय शक्तिमाथि विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशु बलि भोग दिने गरेर मनाइन्छ  ।

चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्त काली, नक्साल भगवती, मैतीदेवी र सङ्कटामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ ।

धार्मिक मान्यता अनुसार आजकै दिन मर्यादा पुरुषोत्तम श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फर्किएको खुसियालीमा चैते दसैँ मनाउन थालिएको हाे ।

त्यसै गरी भगवान् रामलाई रावणको वध गर्न देवी दुर्गाले मद्दत गरेको विश्वासमा राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरेर चैते दसैँ मनाइन्छ ।

चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ ।  घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई छोरी चेली लगायत दिदी–बहिनीलाई बोलाएर खुवाउने र रमाइलो गर्ने चलन छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५४ बजे

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५ सय ५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई