राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि « Khabarhub

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति रहने छ । ५६ स्वर्णका लागि प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडीको सहभागिता रहने छ ।

बिहीबारसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै, शीर्ष तीन स्थान हात पार्ने टिमले पनि नगद पुरस्कार पाउने छन् । साथै जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ४७ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्