नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस | Khabarhub Khabarhub

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

उमेर हदका कारण एआइजी सन्दीप भण्डारी र मीरा चौधरी यसै साता अवकास हुन लागेकाले सो स्थानमा जोशी र ढकाललाई सिफारिस गरिएको हो ।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

बढुवा सिफारिसमा परेका जोशीले ७३.८३६८ अंक प्राप्त गरेका थिए भने ढकालको ७३.६३०६ अंक छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ३३ बजे

शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

झापा–  विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक

रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन

नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम