पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार « Khabarhub

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिन प्रमुख कलाकारहरू मोफसलमा निस्किएको छ । कलाकारहरू दयाहाङ राई, आचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मंगलबार पूर्वको यात्रामा निस्किएको हो ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने भेटघाट बिर्तामोड पुगेर टुङ्गिने मणिराम पोखरेलले जनाएका छन् । उनका अनुसार मंगलबार बिहान १० बजे विराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै आजै विराटनगरका अन्य हलहरुमा समेत पुग्ने बताइएको छ।

विराटनगरपछि टिम इटहरी पुग्नेछ भने साँझ ५ बजे धरानका हलहरूमा पुग्ने निर्माण पक्षले जनाएको छ । यस्तै बुधबार झापाका विभिन्न हलहरूमा पुग्ने तालिका रहेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले सुदख व्यापार गरेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको सिनेमाको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

बाँसुरी फिल्मले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको यस फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । त्यस्तै, कार्यकारी निर्माता क्रिश लामा हुन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : १० बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो