म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम | Khabarhub Khabarhub

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ-११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ-११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैँले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।

म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् । 

म्याक्सवेलले भने- म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नको लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।’

म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । तर, अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरुलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् ।

म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५.३३ को औसत र ९४.१२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ४६ बजे

सांसदहरूबीच घम्साघम्सीपछि डीपीले प्रधानमन्त्रीलाई ढोका पार गराए 

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका

संसद्मा सांसदहरूबीच धकेलाधकेल (तस्बिर)

काठमाडौं– प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको

सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्धको रिट खारेज

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नियुक्तिविरुद्ध परेको रिट

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ

काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी