नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय « Khabarhub

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिनय रहने भएको छ । कोटेश्वर बहुमुखी क्याम्पसमा मंगलबार उनी छायांकनमा सहभागी भएका हुन् ।

अध्यक्ष नेपाल नेताकै भूमिकामा रहने निर्माण पक्षले जनाएको छ । उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाही पनि आजको छायांकनमा सहभागी भएका थिए ।

यस फिल्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ । यही फिल्मबाट अभिनेता रमित ढुंगानले निर्देशनमा डेब्यू गर्दै छन् । यस फिल्ममा उनी स्वयंको पनि अभिनय रहने बताइएको छ ।

यस फिल्ममा धेरै नवकलाकारहरुले पनि अवसर पाएका छन् । आरती आचार्य, रचना गौतम, प्राप्ती पौडेल, टिकटक स्टार इभा गिरी, प्रभात पल ठकुरी सन्दीक लोहनी, अकिल बजगाईँ सिजन राउतलगायतले पनि फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : ०७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल