भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु « Khabarhub

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ ।

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो ।

उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए। छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन् ।नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै