एसीसी प्रिमियर कपः नेपाल आज साउदीसँग भिड्दै « Khabarhub

एसीसी प्रिमियर कपः नेपाल आज साउदीसँग भिड्दै


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११:४५ बजे सुरु हुँदैछ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो। तेस्रो खेलमा हङकङमाथि नेपालले आठ विकेटको शानदार जित दर्ता गरेको हो । नेपालको समूह विजेता बन्दै सेमिफाइनल खेल्न लक्ष्य छ ।

पहिलो खेल : मलेसियाविरुद्ध ५ विकेटको जित
शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए। आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए। सात बलको सामना गरेका गुल्सन झाले दुई छक्का र एक चौकासहित नटआउट १९ रन बनाए।

कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। सन्दीप जोरा १२ रनमा नट आउट रहे। मलेसियाका लागि विरनदीप सिंहले ३ तथा मोहम्मद वाफिक र पवनदीप सिंहले एक(एक विकेट लिए।

टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट हात पारे।

 दोस्रो खेल : कतारमाथि ३२ रनको जित

शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए। दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए। दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै टी–२० क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गरेर विश्व रेकर्ड बनाएका हुन्।

असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए। त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३र३ विकेट लिएका थिए।

तेस्रो खेल : हङकङमाथि आठ विकेटको जित

तेस्रो खेलमा नेपालले हङकङलाई आठ विकेटले हराएको हो । जितका लागि एक सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा दुई विकेटको क्षतिमा एक सय १७ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि आशिफ शेखले ४० रन बनाए । उनले १८ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका थिए। यस्तै ओपनर कुशल भुर्तेलले ३२ रन जोड्दा कप्तान रोहितकुमार पौडेल र र सन्दीप जोराले अविजित २५ र १९ रन बनाएर लक्ष्य पूरा गरेका थिए ।

बलिङमा हङकङका इशान खान र यासिम मुर्ताजाले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । हङकङका लागि आन्सी राथले सर्वाधिक ३४ रन बनाएका थिए ।

बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई एवम् करण केसीले एक विकेट लिएका थिए ।

वर्षाले केही समय ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ।

यो पनि पढ्नुहोस्
चौथो छक्कापछि ६ छक्का हान्छु जस्तो लाग्यो : दिपेन्द्र ऐरी

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ४४ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर