गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु « Khabarhub

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

गाजासिटी– मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा  २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि  धेरै मृत्यु भएको सीएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिँदै चिच्याइरहेका छन् र मृत शरीरहरू व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । 

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो  शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे ।  

अल–अक्सा शहीद अस्पतालबाट सीएनएनबाट खिचिएको फुटेजमा इमर्जेन्सी कक्ष हताहत र घाइते व्यक्तिहरूले  भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए ।अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ । 

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखका साथ  दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सीएनएनले रिपोर्ट गरेको छ ।  

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा  दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको  सीएनएनले जनाएको छ । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : १३ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा