सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो | Khabarhub Khabarhub

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति बिन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ ।

यद्यपि उनीहरूलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ । यसै क्रममा आङ सानका वकिलले भेट्न कसैलाई पनि अनुमति नदिएको बताएका छन् । 

सेनाले म्यानमारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरू पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन् ।

यस्ता कैयौँ मुद्दामा उनी दोषी ठहर पनि भएका छन् । उनी हाल राजधानी नापितामा २७ वर्ष कैद भुक्तान गरिरहेकी छिन् । यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए । सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो । तर, पछि बढाइएको थियो ।

नोभेम्बर २०२० मा म्यानमारमा आम चुनाव भएको थियो । जसमध्ये आङ सान सुकीको पार्टीले दुवै सदनमा ३ सय ९६ सिट जितेको थियो । नतिजा आएपछि सेनाले यसमा प्रश्न उठाउँदै सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको थियो । चुनावी नतिजा आएपछि सरकार र सेनाबीच मतभेद सुरु भयो, त्यसपछि सेनाले ‘कू’ गर्यो ।

पीस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०२१ मा म्यानमारमा भएको ‘कू’पछि सेनाले ६ हजार मानिसको हत्या गरेको छ । म्यानमारले पनि आफ्ना विरोधीहरूलाई निरन्तर मृत्युदण्ड दिइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ४ : ३१ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र