पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते | Khabarhub Khabarhub

पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनाश मच्चाएको छ। विनाशको कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण  ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

 यसैगरी पूर्वी पञ्जाब प्रान्तमा  २३ जनाको ज्यान जानुका साथै  सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो  भने  अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : १९ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र