पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनाश मच्चाएको छ। विनाशको कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको  एक अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण  ३२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन्  । घाइते हुनेमा ४१ जना रहेका छन् भने  एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन् । 

 यसैगरी पूर्वी पञ्जाब प्रान्तमा  २३ जनाको ज्यान जानुका साथै  सात जना घाइते भएका छन् । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्यु भयो  भने  अन्य आठ जना घाइते भएको अधिकारीले बताए ।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ५ : १९ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको