सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र | Khabarhub Khabarhub

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । 

कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । 

मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिए ।

जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए । परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । 

मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्‍याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार–पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताए । 

परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो । फत्तेपुरलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाउने भन्दै किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरेका थिए । गहुँ-मसुरो भित्र्याएपछि खाली जमिनमा मेन्थाखेती गरिन्छ । मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने फत्तेपुर सर्राका किसान रामगोपाल मौर्यले बताए । 

पशु चौपायाले मेन्था नखाने भएकाले पनि गर्मीमा खेती उपयुक्त भए पनि मेन्थाबाट प्रशोधित तेलले बजार र मूल्य नपाएपछि आफूहरूले खेती गर्न छाडेको उनको भनाइ छ ।

 युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएको थियो । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १ : १० बजे

भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने

काठमाडौं- भारतले फिलिपिन्सका नागरिकहरूलाई निःशुल्क इ–भिसा प्रदान गर्ने भएको छ

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

काठमाडौं– नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति

पार्टी रूपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

सुदूरपश्चिम – कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष दिने भनी