सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ « Khabarhub

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गरेकी छन् । 

रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन् । जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए । 

घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आश जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन् । गृहमन्त्री लामिछानेले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे । 

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे । माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गरे । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।