ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार   « Khabarhub

ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात भएको छ । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेप्से निरन्तर ओरालो लाग्यो । 

नयाँ वर्षको ४ दिन भएको शेयर कारोबारमा ५३.१६ अंकले नेप्से परिसूचक घटेको छ । जसले गर्दा लगानीकर्ताहरुको लागि नयाँ वर्ष निराशाजनक सुरुवात भएको छ । 

अघिल्लो वर्षको अन्तिम दिन अर्थात् चैत २८ गतेको कारोबारमा नेप्से परिसूचक २०२५.३० अंकमा रहेको थियो । त्यसपछि शेयर कारोबार नयाँ वर्ष २०८१ साल २ गते आइतबारबाट सुरु भएको हो ।

कारोबारको सुरुवातको दिन अर्थात् आइतबार नेप्से सामान्य अंकले घटेर नयाँ वर्षको सुरुवातलाई निराश बनायो । आइतबार नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा कायम भएको थियो । पहिलो दिन घट्नेको भन्दा बढ्ने कम्पनी बढी भएतापनि नेप्से भने घट्न पुग्यो । 

आइतबार १२७ कम्पनीको शेयर मूल्य बढ्दा १०८ कम्पनीको शेयर मूल्य घट्यो भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो । आइतबार कारोबारको हिसाबले पनि सन्तोषजनक अर्थात् ३ अर्ब ६ करोड ३७ लाख बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भयो । 

वैशाख ३ गते सोमबार भने बजारमा बढी नै निराशा देखिन पुग्यो । सोमबार बजार बन्द हुँदासम्म १६.८२ अंकले नेप्से घटेर २००६.५२ अंक कायम भयो । सोमबार कारोबारको हिसाबले पनि नेप्सेमा उत्साह देखिन सकेन अर्थात् २ अर्ब ७९ करोड ७५ लाख बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको थियो । 

सोमबार भारी कम्पनीको शेयर मूल्यमा गिरावट आयो । सो दिन ५२ कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

शेयर बजारको ओरालो यात्रा मंगलबार पनि रोकिएन । २ हजार हाराहारीमा रहेको नेप्से मङ्गलबारबाट १९ सय बिन्दुमा झर्यो । मंगलबार बजार बन्द हुँदा नेप्से १४.८१ अंकले घटेर १९९१.१७ बिन्दुमा आएको थियो । 

मंगलबार २ अर्ब १० करोड ३० लाख बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भयो । जसमा ठूलो सङ्ख्याका कम्पनीको शेयर मूल्यमा गिरावट आएको थियो । सो दिन २४४ कम्पनीको शेयर किनबेच हुँदा २०० कम्पनीको शेयर मूल्य घट्यो भने ४२ कम्पनीको शेयर मूल्य मात्र बढेको थियो । २ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । 

बुधबार रामनवमी पर्व परेकाले गर्दा नेप्से बन्द भयो र कारोबार भएन । 

साताको अन्तिम अर्थात् बिहीबार पनि नेप्सेको ओरालो यात्रा कायमै रह्यो । बिहीबारको कारोबारमा नेप्से १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा पुगेको छ । कारोबारको हिसाबले पनि साताको अन्तिम दिन नेप्सेमा उत्साह देखिएन । आज ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा किनबेच भएको थियो । 

साताको अन्तिम दिन नेप्सेमा ३१५ वटा कम्पनीको शेयर किनबेच हुँदा २११ कम्पनीको शेयर मूल्य घट्यो भने २७ वटा कम्पनीको मात्र शेयर मूल्य बढ्यो । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

नयाँ वर्षसँगै नेप्सेमा वियरिसको प्रवृत्ति देखिएको छ । अघिल्लो सालको अन्तिममा नेप्से परिसूचक २०२५.३० बिन्दुमा रहेकोमा नयाँ वर्षको पहिलो साताको अन्तिम दिन १९७२.१४ बिन्दुमा झरेको छ । जसले शेयरबजारका लगानीकर्तालाई निराश बनायो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ५ : ५९ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक