माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा « Khabarhub

माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफलमा जुटेका हुन् ।

सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारमा दाबी गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेपछि सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : २२ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले