उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन | Khabarhub Khabarhub

उदयपुरमा जिल्ला प्रशासन कार्यालयद्वारा बजार अनुगमन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।

म्याद गुज्रेका सामग्री,अवैध समान, संचालित पसलहरू मापदण्ड अनुसार संचालन भए/नभएको परीक्षण गर्न अनुगमन गरेको हो ।

प्रशासनको टोलीले बुधबार र बिहीबार  उदयपुरको कटारी र घुर्मी बजारका  विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेकोमा २ ओटालाई कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी लाई  ५/५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए।

अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराइएको रानाले बताए । अनुगमनको क्रममा खाद्यान्न पसलको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा म्याद गुज्रेका ५६ हजार बराबरको सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रशासनको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय उदयपुर, इलाका प्रशासन कार्यालय कटारी ,घरेलु कार्यालय ,करदाता सेवा कार्यालय, खाद्य तथा गुण नियन्त्रक,नगरपालिका, इलाका प्रहरी कार्यालय कटारी र उद्योग वाणिज्य संघ कटारीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : ४४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न