बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’ « Khabarhub

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्फ बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्फ ‘उ त्यहीँ थियो मेरो खेत भनेर’ बगरमा परिणत र डुबेको क्षेत्र देखाउनु दैनिकी जस्तै बनेको छ ।

राहत उद्धारका साथै सहयोग गर्ने भन्दै पुग्ने जो कोहीलाई यिनै पीडा व्यथा भन्नु, धेर थोर जे सहयोग पाइन्छ त्यो स्वीकार्दै अन्य सहयोगीको आशामा रहँदै यहाँका स्थानीयवासीले जीवनयापन गरिरहेका छन् ।

“के गर्नु दुःख जिलो गरेर रोपाइँ पनि गरिसकेका थियौं, रोपो हरियो बन्दै थियो एकाएक आएको बाढीले हाम्रो खेत डुवायो नै, घरमा साँचेर राखेको भकारीको अन्नपात पनि डुबेर कुहियो”, धाराखोलाकी मीरा तामाङले भावुक बन्दै दुःखेसो सुनाए ।

खाइनखाई दुःखका साथ बनाएको नयाँ घरको पहिलो तला डुब्यो भने १६ कट्ठा खेतमा लगाएको धान खेत तालमा परिणत भएको बताए । ४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि छ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको तामाङले बताए ।

उनले जस्तै यतिखेर यहाँका स्थानीय बाढीले पारेको क्षति सम्झँदा पनि भक्कानो छुटेर आउने बताउँछन् । अर्की ५६ वर्षीया एकल महिला जनममाया भट्टराईले आफूले नेपाल रेडक्रस सोसाइटीको २५ हजार रुपैयाको आर्थिक सहयोगमा सञ्चालन गरेको बेकरी उद्योगसहित घर पुरिएपछि समस्या थपिएको बताए ।

स्थानीय टीकाकुमारी कोइराला सुवेदीका अनुसार माथिल्लो भेगबाट अचानक आएको बाढीले घर र गोठ डुबाउँदा सञ्चित अन्न, लत्ताकपडा, भाडावर्तनलगायतका सम्पूर्ण सामग्री नष्ट हुनुको साथै गोठमा रहेको दुई वटा बाख्रा बगाएको थियो।

बाँचेका बस्तुभाउ खुल्ला आकाशमुनी बाटोमा बाँध्न बाध्य भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,“बाढीकै कारण जुकाका साथै सर्पको बिगबिगी भएकोले कसरी रातदिन विताउने भन्ने भएको छ ।”

सो वडाको पथहरा र धारा खोला क्षेत्रको कूल एक हजार विगाहा भन्दा बढी धानखेत डुवानका साथै बाढीले ल्याएको बालुवाले पुरेर मरुभूमिमा परिणत भएको छ । त्यस्तै २४ घर बस्नै नहुने गरी क्षति पुगेको धाराखोला टोल विकास संस्थाका अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिए ।

उनका अनुसार असार १९ देखि २५ गतेसम्म लगातार वस्तीमा एकातर्फ सप्तकोशी र अर्कोतर्फ त्रियुगा नदीको बाढी पसेका कारण एक हजार ३०० सय घर प्रभावित भएको थियो । साथै करोडौं रुपैयाको क्षति पुगेको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार बस्ती विकाससँगै खोलाको निकासमा अवरोध भएपछि बाढी बस्तीतर्फ प्रवेश गर्दा ठूलो क्षति हुने गरेको बताए । त्यसको निकासका लागि स्थानीयवासीको सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो ।

बस्तीको माथिल्लो भागमा रहेका विभिन्न नौ वटा खहरे खोलालाई एकिकृत गरी सप्तकोशी र त्रियुगा नदीमा स्थायी निकास निर्माण गरी वस्ती र उर्वरभूमिको संरक्षणका लागि नगरपालिकाले सात अर्बको गुरुयोजना तयार पारेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : १२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद