क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने « Khabarhub

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ । वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’ सुरु गर्ने निर्णय गरेको छ। यसपछि क्यानडामा बहस सुरु भएको हो । 

जनताले सामाजिक सञ्जालमा सरकारलाई प्रश्न सोधिरहेका छन् । कतिपयले यसलाई विशेष समूहलाई फाइदा पुर्‍याउन प्रयास भनेका छन् । एक प्रयोगकर्ताले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हलाल मोर्टगेज योजना देशमा क्रोधित जनतालाई लुकाउने प्रयास हो।’

धेरैले यसलाई ‘वेक आइडिया’ भनेका छन्, जसले समाजको एक वर्गलाई फाइदा पुर्‍याउने उद्देश्य राखेको छ। कतिपयले प्रधानमन्त्री जस्टिन ट्रुडोको लोकप्रियता घट्दै गएको भन्दै उनलाई बचाउन यस्तो निर्णय गरेको बताएका छन् ।

हलाल मोर्टगेज योजना इस्लामको कानून पछ्याउँछ, जसमा ब्याँज लिनु हराम मानिन्छ। यहूदी र ईसाई धर्ममा पनि ब्याजलाई पापको रूपमा हेरिन्छ। इस्लाम जान्नेहरूले उधारो लिन सकिन्छ भन्ने विश्वास गर्छन् तर त्यसमा ब्याज लिनु पाप हो। यस्तो अवस्थामा सरकारले मुस्लिमहरूका लागि मात्र हलाल मोर्टगेज योजना घोषणा गर्‍यो।

क्यानडाका केही व्यक्तिहरूले हलाल मोर्टगेज योजना लागू गरिसकेका छन्, तर अब यसलाई सार्वजनिक बैंकहरूमा पनि लागू गर्ने विचार भइरहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ५७ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी