संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर | Khabarhub Khabarhub

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ ।

तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर संघीयता कार्यान्वयनसँगै धरान उपमहानगरमा गाभिए पनि यसको संरक्षणमा कसैले चासो देखाएका छैनन् । 

मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार प्राचीन विजयपुर राज्यको निशानका रूपमा मन्दिर स्थापना भएको हो । मन्दिर व्यवस्थापन समितिले संरक्षणमा सहयोग गर्ने समाजसेवीको खोजी गरिरहेको छ । धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोशी प्रदेशको धरान मन्दिरहरूको सहरका रूपमा पनि परिचित छ । धरान उपमहानगपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर छन् । यहाँ शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, ‘इस्कोन’ मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर पनि छन् । धरान बजारभन्दा अलि टाढा रहेको निशानदेवी मन्दिर भने संरक्षणको अभावमा जीर्ण बनेको छ ।

निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकीले आर्थिक अभावमा मन्दिरको संरक्षण कठिन भएको बताउँदै स्थानीय निकाय र भक्तजनमा सहायताका निम्ति आग्रह गर्नुभएको छ । मन्दिरको अविलम्ब जीर्णोद्धार गर्नुपर्ने भएकाले सामाजिक सङ्घसंस्थालाई उनले भौतिक एवं आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : १४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’