बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने | Khabarhub Khabarhub

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ कम्प्लेक्समा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश र बनेपा नगरपालिकाबीच शुक्रबार उक्त भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने सम्झौता भएको हो ।

त्यस अवसरमा श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सेवाग्राहीको सहजताका निम्ति  बनेपामा कार्यालय स्थापना गर्ने निर्णय भएको बताए ।

‘अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेका मात्र नभएर  सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका सेवाग्राहीलाई सहज हुनेछ,’ उनले भने । आगामी एक महिनाभित्रमा उक्त भवनबाट सेवा सञ्चालन हुने उनले जानकारी दिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय स्थापना भएपछि यातायातका साधनको चाप बढेको बनेपा र आसपासका स्थानबाट काठमाडौँ जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

उनले काठमाडौँ प्रदेशद्वारको रुपमा परिचित बनेपामा यातायात कार्यालय स्थापना हुनु सेवाग्राहीका निम्ति खुसीको कुरा भएको बताए ।

मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौताअनुसार सपिङ कम्प्लेक्सको दुई तला नगरपालिकाले १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ४४ बजे

बेलायतमा शाही स्वागतपछि ट्रम्प–स्टार्मर भेट

लन्डन- शाही स्वागतपछि अब राजनीति केन्द्रमा आएको छ । अमेरिकी

एनआईसी एशियाबाट बाहिरिए सीईओ न्यौपाने

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले

चुनौतीभित्र अवसर पनि छ : महान्यायाधिवक्ता भण्डारी

काठमाडौं– नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल कानुन

अर्थतन्त्रको विकासका लागि कानुनी स्पष्टता जरुरी : गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा

जेन-जी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो : कांग्रेस नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन-जी आन्दोलनमा घुसपैठ गरी