एमाले प्रतिनिधि परिषद : ६ प्रतिवेदन (पूर्णपाठ) | Khabarhub Khabarhub

एमाले प्रतिनिधि परिषद : ६ प्रतिवेदन (पूर्णपाठ)


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । बैठकमा ६ वटा  प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।  

शनिबार ललितपुरको गोदावरीस्थित सइनराज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

एमालेमा महाधिवेशन पछिको दोस्रो ठुलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।

राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गरिने  छन्।

शनिबारको बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराएका थिए । 

उनले भनेका थिए, ‘बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा संकट उत्पन्न र रोजगारीका क्षेत्र साँघुरिँदै गरेको अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको छ । यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ ।’

बैठकमा बोल्दै ओलीले मुख्य राजनीतिक प्रश्नमा न्यूनतम समझदारीको खाँचो रहेको र  विचार मिल्नेहरू माझ सहकार्य आवश्यक भएको बताएका छन् ।

६ प्रतिवेदनको पूर्णपाठ

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ३ : २१ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति