भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै | Khabarhub Khabarhub

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

झापा – कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ ।

‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिए ।

उनका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले रु ५७ करोड १८ लाखमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुङ्गा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।

अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेकोे बताए ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि।सं। २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । “सडक सम्पन्न गर्न अझै रु १५ करोड रकम चाहिन्छ”, उनले भने, “तर कार्यालयसँग अब रु १५ लाख जति मात्र बजेट बाँकी छ ।”

उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताए । उनका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १० : ३९ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ