वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह « Khabarhub

वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान मनासलु बेसक्याम्पबाट तालमा ठूलो हिउँ पहिरो झरेका कारण तालको पानी बाहिर निस्किएर बूढीगण्डकीमा झरेको बताइएको छ ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि गण्डकीमा पानीको बहाव दोब्बरले बढेको  बताइएकाे छ ।

बाढीले नदी आसपास क्षेत्रमा क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको छ । हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालमा ठूलो पहिरो खस्दा पानी बाहिर आएको बताए । उनले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १० : २६ बजे

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका