लुम्बिनी सरकारबाट बाहिरियो जसपा « Khabarhub

लुम्बिनी सरकारबाट बाहिरियो जसपा


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

बुटवल– जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ।  

जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् । 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदा ४८ मत पाएका थिए । जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । 

सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १ : १८ बजे

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित

पदभार ग्रहणका क्रममा गृहमन्त्री गुरुङ : अब सबै फाइल खुल्छन्, कसैलाई छोड्दिनँ

काठमाडौँ- गृहमन्त्रीका रुपमा दोस्रो पटक पदभार ग्रहणका क्रममा सुधन गुरुङले

ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे नारायणहिटी हत्याकाण्ड छानबिनसहित चारवटा निर्णय

काठमाडौं- गृहमन्त्रीमा दोस्रो पटक शपथ लिएका सुधन गुरुङले गम्भीर प्रकृतिकासहित