तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु « Khabarhub

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण अन्य ३२ जना घाइते भएका चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा रहेको नागकु क्षेत्रको बाछेन काउन्टीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पका कारण ३ सयभन्दा बढी घरहरू ढालेका छन् भने प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छ। समुद्र सतहबाट करिब ४,८०० मिटरको उचाइमा रहेका दुर्गम गाउँ भूकम्पबाट बढी प्रभावित भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

चिनियाँ अधिकारीले आपत्कालीन अवस्थाको घोषणा गर्दै उद्धार टोलीहरू घट्नास्थलतर्फ परिचालन गरेका छन्।

सन् २०२३ मा छिमेकी गान्सु प्रान्तमा ६.२ म्याग्निच्यूडको भूकम्प जाँदा १२० जनाको मृत्यु भएपछिको यो सबैभन्दा घातक भूकम्प हो।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ६ : ४७ बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने