विदेशी लगानी भित्र्याउने वातावरण बनाउन कानूनी सुधार हुँदैछ : मन्त्री शर्मा  « Khabarhub

विदेशी लगानी भित्र्याउने वातावरण बनाउन कानूनी सुधार हुँदैछ : मन्त्री शर्मा 


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा लगानी भित्राउनका लागि आवश्यक वातावरण बनाउन कानूनी सुधार भइरहेको बताएकी छन् ।

आइतबार सिंहदरबारमा विभिन्न देशका प्रतिनिधिहरूसँग अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधिको विषयमा छलफल गर्दै मन्त्री शर्माले वैशाख १६ र १७ गने हुने लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका साथै स्वदेशी लगानीकर्तालाई समेत एकै ठाउँ राखेर छलफल गरिने भन्दै सहज रूपमा लगानी गर्न आवश्यक कानुनी सुधार भइरहेको बताएकी हुन्  ।

उनले सूचना प्रविधिको क्षेत्रमा लगानी भित्राउन र आफ्ना संस्थाहरूमार्फत नेपालमा लगानीको पहल गर्न आह्वान गर्दै सरकार लगानीका लागि सहजीकरण गर्न र विश्वासको वातावरण तयार गर्न प्रतिबद्ध रहेको धारणा राखिन् ।

प्रविधि र प्रणालीहरूको सुरक्षित र जबाफदेही प्रयोगका लागि आवश्यक कानूनहरु निर्माणलाई तीव्रता दिइएको उनले बताइन् । उनले स्वदेशमा प्रविधिमैत्री संरचना र दक्ष जनशक्ति व्यवस्था गर्न सके आर्थिक समृद्धि हासिल गर्न सहज हुने जिकिर गरिन् ।

आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ । उनले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको काम अघि बढाएको जानकारी पनि दिइन् ।

मन्त्री शर्माले नेपाल सरकारले सेवा प्रवाहमा सूचना प्रवाहमा प्रविधिलाई महत्वका साथ राख्दै आएको र सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोगमा बढोत्तरी भएको पनि बताइन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : २२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका