सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा | Khabarhub Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन् ।

नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका छन् । 

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए ।

नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दाबी गर्न आव्हान गरेका थिए ।

त्यसपछि सोडारीले यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै एमाले, माओवादी, नाउपाको रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उनलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।

लक्ष्मणकिशोरले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै उनले प्रदेश प्रमुखको दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन् । यो रिटको पेसी सोमबारका लागि तोकिएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ५ : ५८ बजे

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान (तस्बिरहरू)

काठमाडौं– बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्‍याएको

डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

काठमाडौं– लामो समयदेखि सुल्झिन नसकेको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत्

डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण

बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू)

काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

काठमाडौं–  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य