एमालेको हिरक महोत्सवमा माधव अनुपस्थित, सचिवालय भन्छ : हाम्रो सेडयुलमा छैन « Khabarhub

एमालेको हिरक महोत्सवमा माधव अनुपस्थित, सचिवालय भन्छ : हाम्रो सेडयुलमा छैन


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको हिरक महोत्सवमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी नहुने भएका छन् ।

उनको सचिवालयका अनुसार नेपाल एमालेको कार्यक्रममा गोदावारी जाने कुनै जानकारी छैन ।

सचिवालयले भन्यो, ‘हाम्रो सेडयुलमा छैन ।’

एमाले उपाध्यक्ष ईश्वर पोख्रेलका अनुसार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा पुगिसकेका छन् ।

यस्तै, मन्त्रीपरिषद् बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हिरक महोत्सवमा हिँडिसकेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराज हलमा हिरक महोत्सवको विशेष समारोह आयोजना गरिएको छ ।

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री र अन्य पार्टी प्रमुख पनि कार्यक्रममा सहभागी  छन् । बाबुराम भट्टराई पनि पुगिसकेका छन् ।

सत्ता साझेदार दल भए पनि एकीकृत समाजवादीले एमालेको कार्यक्रम बहिस्कार गरेको बुझिएको छ ।

एमाले अध्यक्ष ओली र माधव नेपालको सम्बन्ध राम्रो नभएका कारण नेपाले कार्यक्रम नै बहिस्कार गरेको बुझिएको छ ।

याे पनि …

गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन : माधव नेपाल

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १ : २५ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको