व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने « Khabarhub

व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ । चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि अगाडि रहेको मादी र सेती नदीको तटमा गङ्गा आरती गरिने भएको हो ।

व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आगामी वर्ष २०८२ वैशाख १ गतेबाट सन्ध्याकालीन गङ्गा आरती गर्ने योजनासहित काम भइरहेको व्यास क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।

व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा विशेष मञ्च बनाई सन्ध्या गङ्गा आरती गर्ने उनले बताए । उनले भने, “सुरुबाट नै यो योजना नसोचिएको होइन । तर, जग्गाको अभावमा काम अगाडि बढाउन सकिएको थिएन । अब नदीको धार दक्षिणतिर गएकाले तटबन्ध निर्माण गरी सन्ध्याकालीन गङ्गा आरती गर्ने ठाउँ बनाउनेछौँ ।”

गङ्गा आरतीका लागि मञ्च, भक्तजन रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सरसामग्रीको आवश्यकता पर्दछ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सन्ध्याकालीन आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ४९ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण