व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने | Khabarhub Khabarhub

व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तनहुँ । चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि अगाडि रहेको मादी र सेती नदीको तटमा गङ्गा आरती गरिने भएको हो ।

व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आगामी वर्ष २०८२ वैशाख १ गतेबाट सन्ध्याकालीन गङ्गा आरती गर्ने योजनासहित काम भइरहेको व्यास क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले जानकारी दिए ।

व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा विशेष मञ्च बनाई सन्ध्या गङ्गा आरती गर्ने उनले बताए । उनले भने, “सुरुबाट नै यो योजना नसोचिएको होइन । तर, जग्गाको अभावमा काम अगाडि बढाउन सकिएको थिएन । अब नदीको धार दक्षिणतिर गएकाले तटबन्ध निर्माण गरी सन्ध्याकालीन गङ्गा आरती गर्ने ठाउँ बनाउनेछौँ ।”

गङ्गा आरतीका लागि मञ्च, भक्तजन रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सरसामग्रीको आवश्यकता पर्दछ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सन्ध्याकालीन आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ४९ बजे

औषधिको मूल्य निर्धारण समितिको प्रतिवेदन विरुद्ध औषधी व्यवसायी आन्दोलित 

काठमाडौं– औषधिको मूल्य निर्धारण सिफारिस समितिको प्रतिवेदन विरुद्ध औषधि क्षेत्रका

इरान सङ्कटबीच ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन

काठमाडौं- दोस्रो कार्यकाल एक्लै काम गर्नमा केन्द्रित अमेरिकी राष्ट्रपति डोनाल्ड

सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको

संसद्‍मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान

विमान दुर्घटनाको शोकमा बलिउड कलाकारले रोके काम

काठमाडौं- भारतको अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनामा बलिउड कलाकारहरुले दुख