बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’ « Khabarhub

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ ।

बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ । यो अभियान भारत हुँदै अधिकांश धार्मिकस्थल गोरखपुर, कुशीनारा, सारनाथ, वैशाली, नालंदा, बोधगया, राजगिरि, कोलकाता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम्, मछलीपट्टनम र चेन्नईसम्म पुग्नेछ।

यो अभियान श्रीलंका छिरेपछि जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनियातर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम छ।

यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् । १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् ।

नेपालको तर्फबाट यसको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटिज नेपालका सीईओ नवराज लम्सालले गर्नेछन् ।

उनको नेतृत्व र पहलमा लुम्बिनीदेखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मेदेखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।

श्रीलंका आर्मी, भारतीय आर्मी र नेपालको सशस्त्र प्रहरी अधिकृतहरू ५/५ जना गरी १५ जना राइडरहरूले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किटमा शान्तिकाे कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन् ।

नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीकाे दिन बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डासहित  बिदाई गर्ने कार्यक्रम छ ।

कार्यक्रमका नेपाल प्रमुख लम्सालले सबै पक्षलाई समेटेर अघि बढ्न सकेकोले यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको बताएका छन् ।

बौद्ध पर्यटनमार्फत् लुम्बिनीसँगै समग्र नेपालको विकासमा यो कार्यक्रम काेशेढुङ्गा हुन सक्ने लम्सालको बुझाइ छ ।

शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको तीनै देशका आयोजकले बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित