बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’ « Khabarhub

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ ।

बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ । यो अभियान भारत हुँदै अधिकांश धार्मिकस्थल गोरखपुर, कुशीनारा, सारनाथ, वैशाली, नालंदा, बोधगया, राजगिरि, कोलकाता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम्, मछलीपट्टनम र चेन्नईसम्म पुग्नेछ।

यो अभियान श्रीलंका छिरेपछि जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनियातर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम छ।

यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् । १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् ।

नेपालको तर्फबाट यसको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटिज नेपालका सीईओ नवराज लम्सालले गर्नेछन् ।

उनको नेतृत्व र पहलमा लुम्बिनीदेखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मेदेखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।

श्रीलंका आर्मी, भारतीय आर्मी र नेपालको सशस्त्र प्रहरी अधिकृतहरू ५/५ जना गरी १५ जना राइडरहरूले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किटमा शान्तिकाे कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन् ।

नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीकाे दिन बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डासहित  बिदाई गर्ने कार्यक्रम छ ।

कार्यक्रमका नेपाल प्रमुख लम्सालले सबै पक्षलाई समेटेर अघि बढ्न सकेकोले यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको बताएका छन् ।

बौद्ध पर्यटनमार्फत् लुम्बिनीसँगै समग्र नेपालको विकासमा यो कार्यक्रम काेशेढुङ्गा हुन सक्ने लम्सालको बुझाइ छ ।

शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको तीनै देशका आयोजकले बताएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु