भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट « Khabarhub

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्कीको कच्ची घर आगोले जलेर पूरै नष्ट भएको छ।

आगो नियन्त्रणको कोसिस भए पनि घर पूरै जलेको छ। तर क्षतिको विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा अन्य घरमा क्षति नपुगेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : २० बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको