जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै « Khabarhub

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा दुईजना युवा-युवती मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका  कापर छन् ।

उक्त गेस्ट हाउसको कोठामा मृत भेटिएकी महिलाकी साढे २ वर्षीया छोरी पनि भेटिएकी छन् ।

उनीहरु दुवैजना ४ दिनदेखि उक्त होटलमा बसेका थिए । तर उनीहरू दम्पती नरहेको पनि धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ४ : ०६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष