मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा « Khabarhub

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाइनलअन्तर्गत तेस्रो खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई हराउँदै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा पुगेको छ ।

डाँगीहाटलाई शून्यका विरुद्ध ४ गोल गर्दै सिरहा सेमिफाइनल पुगेको हो । हारसँगै डाँगीहाट घर फर्किएको छ ।

सहलेसका लागि खेलको २६ औँ र ७५ औँ मिनेटमा स्टेफन विनोङले गोल गरे ।

यस्तै सप्तरीकै विदेशी खेलाडी फोर्ड फोफोनाले खेलको ५१ औँ मिनेटमा र आदित्य शाक्यले ८६ औँ मिनेटमा गोल गरे । डाँगीहाटले कयौँ पटक पोस्टचार्ज गरे पनि गोलमा असफल रह्यो ।

खेलमा म्यानअफ द म्याच सिरहाका स्टेफन विनोङ भए । उनलाई नगद ५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

बुधबार क्वाटरफाईनलको अन्तिम खेल चर्च ब्वाइज युनाइटेड र आयोजक जिल्ला फुटबल संघ भोजपुरबीच हुनेछ । प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः नगद ५ लाख र ३ लाख पाउने छन् ।

भोजपुर रंगशालामा जारी प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ०८ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन