आज गोरखा भूकम्पको सम्झना « Khabarhub

आज गोरखा भूकम्पको सम्झना


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्यूटको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौंलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रबिन्दु गोरखामासमेत कार्यक्रम हुँदैछन्।

भूकम्पले काठमाडौं उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो। भूकम्पको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो। भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर छ दशमलव छ म्याग्निच्यूडको कडा पराकम्पन गएको थियो। भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए।

भूकम्पपछि बनेको बारपाक।

वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रबिन्दु बनाएर गएको छ दशमलव नौ म्याग्निच्यूडको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा विनाश गरेको थियो।

भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो।

गोरखा भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो। मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो। त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ।

गोरखा भूकम्पको क्षति

वि.सं. २०७२ को भूकम्पले १९९० पछिकै बढी क्षति गराएको थियो। त्यो भूकम्पबाट आठ हजार नौ सय ७० जनाको मृत्यु भएको थियो। मृत्यु भएका मध्ये ९८ दशमलव सात प्रतिशत अतिप्रभावित जिल्लाका नागरिक थिए।

भूकम्पमा एक सय ९५ जना बेपत्ता रहे। उक्त भूकम्पमा २२ हजार तीन सय दुई जना घाइते भएका छन्। कुल आठ लाख बढी निजी आवास, आठ हजार जति विद्यालय, करिब नौ सय २० ऐतिहासिक सम्पदासहित अस्पताल, सरकारी घर/भवन र निजी घर भत्किँदा करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको थियो।

भूकम्पले भत्किएको धरहरा ।

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना गरी त्यसमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य गरेको थियो। बाँकी भएका काम सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : ३५ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि