पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस् | Khabarhub Khabarhub

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफैँ ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी समयमा बढी हुने गर्दछ । यसका अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ ।

यसका साथै मुत्र नलीको संक्रमण, मिर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायहरू
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने
– दैनिक १ गिलास गाँजरको रस पिउने
– फोहोर शौचालयको प्रयोग नगर्ने
– बोटैमा पाकेको अर्गानिक फल खाने
– अमला, हर्रो, बर्रो एक गिलास पानीमा भिजाइ बिहान सेवन गर्ने
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने
– सरसफाइमा विशेष ध्यान दिने
– कटन वा सुतीको कपडाको अण्डरवेयरको प्रयोग गर्ने

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : ५६ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन