डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते « Khabarhub

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते भएका एकजनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश ०१-०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिँदा घाइते भएकामध्ये अछामको मंगलसेन नगरपालिका-३ बिसाकोटका ३६ वर्षीय रमेश विकको ज्यान गएको हो ।

बुधबार बिहान १० बजेतिर  बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दम्पती गम्भीर घाइते भएका थिए । घटनामा गम्भीर घाइते रमेशकी श्रीमती लक्ष्मीको उपचार भइरहेको छ ।

घटनालगत्तै एम्बुलेन्समार्फत दुवैजना घाइतेलाई धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ रमेशले ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ३७ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई